प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा


काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो तर प्रदीप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *