निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *