काठमाडौं भाद्र १० गते । सि डिभिजन लिगको छनोट खेल अजबाट शुरु भएको छ । सि डिभिजन लिगको छनोट खेल अन्तर्गत आज भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसीएस यसले ९ँऋक् थ्भक० गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
सतासीधामका लागि मनिस लिम्बु र मिलन परियारले एक÷एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए । दिनको दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए । आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल सुभारम्भ गरेको हो ।

