निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन


काठमाडौं, भाद्र् १० गते । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताउनुभयो ।

समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *