तरुणदल राप्तिसोनारी गाउपालिका ८ न. वडा समितिले बुझायो प्रेस विज्ञप्ति


संवाददाता, डम्बर केसी

तरुण दल राप्ति सोनारी गाउपालिका वडान. ८ ले नेपाली काँग्रेस वडा न. ८ का इकाई सभापति खुमबहादुर बस्नेतलाइ ज्ञापनपत्र बुझाएको छ नेपाली काँग्रेस राप्तिसोनारी गाउपालिका ८ न. वडाका सम्पुर्ण क्रियासिल सदस्यहरुको भेलाबाट नाम छनौट गरी फारम भराई नियमअनुसार लाग्ने शुल्क बुझाई वडा समिती हुदै गाउपालिका प्रदेश तथा क्षेत्रले समेत सिफारिस गरी पठाएको थियो।

नयाँ क्रियासिल सदस्यहरुको नाम मध्ये तरुणदल राप्तीसोनारी वडा न. ८ समितिका सभापति लगाएत अन्य जिम्मेवार पार्टीप्रति बफादारीका साथ सक्रियरुपमा आफ्नो जिम्मेवारी निभाई रहेका सक्रिय ब्यक्तिहरुको नाम काटी प्रकियानै पुरा नगरेका मनोमानी ब्यक्तिगतरुपमा तयार गरेको अन्य ब्यक्तिहरुको नाम समावेशगरी केन्द्रले प्रकाशन गरेको पारम्भिक लिस्ट प्रति यस तरुणदल वडा समितिको गम्भीर ध्यानाकर्षण भएको हो तरुण दल राप्तिसोनारी गाउपालिका वडा न.८ का सचिव रामबहादुर बिक ले बताउनुभयो ।

अबिलम्ब वडा समितिले सिफारिस गरेका ८३ जनाको नाम वडाले भरि पेश गरेको अनुसूची अनुसारनै हुबहु क्रियासिल सदस्यता प्रदान गरिदिनको लागि नेपाली कांग्रेस राप्तिसोनारी ८ न. वडा समिति मार्फत क्रियासिल छानबिन समितिलाई ध्यानाकर्षण गराएको उहाले बताउनुभयो।

हाम्रा जायज मागहरुलाई बेवास्तागरी नियमसंगत बिधी प्रक्रियाबाट सिफारिस भइ गएका नाम काटी क्रियासिल सदस्यता पाउने जस्तो अधिकार बाट बन्चित गराउन खोजेमा त्यसको बिरुद्ध लाग्ने चेतावनी समेत तरुणदल राप्तिसोनारी गाउपालिका ८ न. वडाका सभापति धनबिर बिकले बताउनुभयो।

त्यस्तै जिम्मेवार पार्टी प्रति बफादार तरुण दल राप्तिसोनारी गाउपालिका वडा न.८ का सदस्य मनोज गिरिले छानबिन समितिले यस ज्ञापन पत्रलाई मध्यनजर गर्दै सच्याउनअनुरोध गरे। होइन भने यस्तो खालको क्रियाकलापले आगामी दिनमा धेरै असर पर्ने बताए र युवामा पार्टीप्रति आस्थासमेत हराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *