राप्ती सोनारीको टोल टोलमा डुबान, उद्दारमा प्रहरी र जन प्रतिनिधि


विहिवार राती देखी परेको अविरल बर्षाको कारण ले गर्दा राप्ती सोनारी गाँउपालिकाका विभिन्न टोल र वडाहरु डुबानमा परि क्ष्यती भएको छ । डुबान भएका क्षेत्रहरुमा शुक्रबार बिहान ७ बजे देखि नै ईलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिक्देल ,प्रहरी जवान टेकेन्द्र सिंह ठकुरी ,र प्रहरी जवान खडक बहादुर बिक को टोलि सहित वडा अध्यक्ष कान्छा थारु,वडा सदस्य कर्ण बहादुर बिक सहितको टोलिले क्ष्यती भएको घरमा पुगी विवरण संकलन गरेका छन्।

वडा अध्यक्ष कान्छा थारुले क्ष्यती भएका घरमा पुगि उचित क्ष्यतिपुर्ती दिने बाढी पिडित संग कुराकानी गर्नुभएको छ।अतिनै छतिग्रस्थ भएको घरका पीडितलाई नेपाल रेडक्रस सोसाइटी राप्ती सोनारीका इन्चार्ज हेमन्त खत्री ले चाडो भन्दा चाडो त्रिपाल को व्यवस्था गरिदिने आश्वासन दिनु भएको छ।

गए राती करिब ३ बजेको समयमा राप्ती सोनारी वडा नम्बर ४ बैजापुर नेपालगन्ज जाने मुख्य बाटोको छेउमा घर भएका बावोर नाम भनेर चिनिने हिरु को माटोको जडान भएको पक्की इटा को एक तले पक्की घर पुर्ण रुपले क्ष्यती भएको छ।

त्यस्तै वडा नम्बर ४ बुद्ध चोक घर भएका चन्द्र लाल थारु को भान्सा घर को काठको बार भत्किएर उनको श्रीमतीको टाउकोमा गम्भीर चोटपटक लागेको छ। सोही बुद्ध चोक नजिकै घर भएका प्रेम बहादुर ओलि को घरको भित्ता ढल्न गै भान्सा मा राखिएको खाधान्न नस्ट भएको छ भने सोही बुद्ध चोक नजिकै घर भएका अल्खे राम थारु को घरको चारै तिर को भित्ता खसी बस्न लाई त्रिपाल को सहारा लिनु परेको छ।

सोही वडा नम्बर ४ लटनिया घर भएका आशा राम थारुको अबस्था पनि केहि कम छैन,उन घर को छानो मा खप्राले छाएको छ तर घुको भित्ता भने आधा माटोको जडान भएको सिमेन्ट ब्लकले बेरेको तर आधा भाग भने बाँसको भित्तामा माटोले पोतेको छ । उनी निकैनै कम्जोर छन,गए राती उनको घरको छानो खसेर बस्नलाई निकै नै गारो भएको र दुई दिन देखि आफ्नो दाइको बाख्राबस्ने गोठमा बसिरकेको दुखेसो पोखे । तेसै गरि वडा नम्बर ४ राज पुर घर भएका चुमान परियार को पनि घर पुर्ण रुपले क्ष्यति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *