काठमाडौं, भाद्र १३ गते । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ ।
आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका छन् ।
सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु-याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।

