इन्स्पेक्टर हुँ भन्दै धम्काउने एक युबा पक्राउ


सिआइबीको इन्स्पेक्टर हुँ भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिड्ने एकजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

दार्माकोट–२ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई कोहलपुरको बसर्पाकबाट गएराती पक्राउ गरिएको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

रोकायले इन्स्पेक्टर हुँ भनेर स्थानीय, होटेल तथा पसलहरुमा गएर धम्की दिँदै हिँडने गरेको पाइएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *