प्रकाश सपूतले भने- समग्र विषय सत्य हो भन्दै नेतृत्वले नै स्वीकारिसक्नुभएकाे छ


काठमाडाैँ । ‘पिर’ गीतका लेखक तथा गायक प्रकाश सपूतले आफ्नाे गीतलाई सम्बन्धित विषयकाे नेतृत्वपङ्तिले नै स्वीकारिसकेकाे दाबी गरेका छन् । यसअघि आजै बिहान १० वर्षे जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विषयलाई लिएर धेरै विवाद बढाउनुपर्ने जस्ताे आफूलाई नलागेकाे बताएका थिए । यसपछि आफ्नाे आधिकारिक फेसबूकमार्फत प्रकाशले लेखेका छन्— ‘गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेराैँ, समीक्षा गराैँ । तर, गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गराैँ । समग्र विषय त सत्य हो भन्दै नेतृत्वपङ्तिले नै स्वीकारिसक्नुभएकाे छ ।’

प्रकाशले गत शुक्रबार मात्रै ‘पिर’ शीर्षककाे गीति भिडिओ सार्वजनिक गरेका छन्, जहाँ उनले माओवादी सशस्त्र जनयुद्ध र त्यसकाे प्रभावलाई मुख्य कथा बनाएका छन् । यसकाे माओवादीसम्बद्ध भातृ तथा शुभेच्छुक सङ्गठनहरूले भने विराेध गरेका छन् । उनीहरूले याे गीतले जनयुद्धकाे खिल्ली उडाएकाे तर्क गरेका छन् । यसपछि प्रकाशले इमान्दार भएर गीतलाई पुन: एकचाेटी हेर्न र बुझ्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *