बाँकेमा वडाध्यक्ष सहित १२ जनप्रतिनिधिले रोजे एकीकृत (समाजवादी)


बाँकेमा नेकपा एमाले परित्याग गरी वडाध्यक्षसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर वैजनाथ गाउँपालिकाका ४ का वडाध्यक्ष कालीबहादुर सिंहसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।  

कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीसहित चार सदस्य, जानकी गाउँपालिकाका दुई कार्यपालिका सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका एक सदस्य र खजुरा गाउँपालिकाका चार सदस्यले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *