सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै


काठमाडौँ, भदौ २३ गते । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ ।

अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।

विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो ।

अन्त्यपछि फेरिएको राजनीतिक परिदृश्यसँगै सरकारले पुनः अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *