जमुनाह चेकपोष्टमा लागु औषधसहित तीन जना पक्राउ


प्रतिबन्धित लागु औषधसहित तीन जना प्रहरीको फन्दामा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकपोष्टमा उनीलाई प्रहरीले पक्राउ गरेको हो।

बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारु, दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन र २१ वर्षका प्रविण विकलाई रुपैडियाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पुन र विकलाई एकैसमयमा पक्राउ गरिएको हो भने थारुलाई फरक समयमा पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

पुन र विकको साथबाट ३ दशमलव ४ ग्राम ब्राउन सुगर, १८ ट्याब्लेट ट्रामाडोन तथा थारुको साथबाट ४ दशमलव ५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

हिंजो पक्राउ परेका उनीहरुलाई बाँके प्रहरीको हिरासतमा राखिएको छ । उनीहरुलाई थप अनुसन्धान भइरहेको पनि बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *