विदेशी नागरिकता लिनेलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे।

उनले अरु कामका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए। नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनले बताए।

नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताउँदै उनले ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसद्‍बाट निस्कर्ष निस्किने जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *