बाँकेको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तीन र चार पांग्रे निषेध


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको व्यस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरेको छ ।

विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरिएको कार्यालय प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो ।

साँघुरो सडक र भीडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि ती सवारीसाधनलाई १२ घण्टा  निषेध गरिएको उहाँको भनाइ छ ।

भण्डारीका अनुसार तीन र चार पांग्रे सवारीसाधन आवज जावतले दुर्घटनाको समेत जोखिम बढाएको उहाँको भनाइ छ । अव अर्को आदेश नआउदा सम्म यो प्रक्रिया निरन्तर चल्ने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *