खेल पत्रकारहरुलाई सम्मान


नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्द राज नेपाललाई सम्मानित गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले २६ औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो । मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।

सम्मानित हुने पत्रकारलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले सम्मान गरे ।

सम्मानित भएका दाहाललाई २५ हजार नगद सहित सम्मान गरियो भने युवा पत्रकार नेपाललाई एक थान ल्यापटप प्रदान गरिएकोछ । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघ (एआईपिएस) बाट उपलब्ध गराएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *