रासायनिक मलको अभाव हुन नदिन सरकारसँग सांसदहरुको माग


 प्रतिनिधिसभाका सांसदहरुले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् ।

छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताएपनि अब मल ल्याउनका लागि ढिलो भइसकेको बताउनुभयो ।

उहाँले बालीका लागि मलको आवश्यक प्रवन्ध मिलाउनु सरकारको दायित्व भएकोले आफ्नो जिम्मेवारीबाट सरकार विमुख हुन नमिल्ने बताउनुभयो ।त्यस्तै पूर्वमन्त्री तथा सांसद शक्ति बस्नेतले बाली फलिसकेपछि मल ल्याएर कुनै अर्थ नहुने भन्दै समयमै मल ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले रासायनिक मलको लागि सरकारले ऐन, कानून प।िमार्जन गरेर भएपनि समयमै मल ल्याउनुपर्ने बताउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले रासायनिक मल नपाएर किसानहरु चिन्तित रहेको बताउनुभयो । उहाँले बजेट अभावले आवश्यक मल नआएको भए प्रधानमन्त्री स्वरोजगारबाट कटाएर मल ल्याउन सुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *