तालिबान सरकारमा विवाद चुलियो


अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ ।

केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् । त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ ।

तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद नभएको दाबी गरेको छ । गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो ।

तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । त्यस्तै मन्त्रीमण्डलमा विश्वका विभिन्न देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *