१,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *