मान्छेको भाग्य र दोनका कथा


हजुरबाका आँखा भित्रसम्म गाडिएका थिए। उनको टाउको पनि काम्दथ्यो र लग-लग हल्लिन्थ्यो। अनि उनका ओँठहरू चाहिँ आवाजबेगर नै चलमलाइरहेथे ।

निक बेरसम्म उनी चुपचाप मिशाको कपाल मुसारिरहे । त्यसपछि ओछ्यानमा लम्पसार परेर पल्टिरहेकि आमातर्फ एक नजर फ्याँकेर उनले खुसखुस गरे,

“हिंड्‌, नाति ! आगनमा जाऔ !….”

उनले मिशाको हात समाते र मूलढोकाको मण्डपसम्म डोर्याउँदै लगे। कोठाको संघार पार गर्ने लाग्दाखेरि उसले आँखा झिम्म गर्यो र एकाएक उ झस्कियो। त्यहाँ अर्को कोठामा टेबुलमाथि उसका बाबु चूपचाप र शान्त भएर पल्टिराखेका थिए। उनको अनुहारको रगत धोएर साफ गरिएको थियो, तर मिशालाई भने बाबुको रगताम्य अनुहार रगत भरिएको. आँखा र त्यसमाथि बसिरहेको बडेमाको हरियो झिंगाकै झझल्को भइरहेको थियो ।

हजुरबाले इनारनेर पानी झिक्ने डोरी फुकाल्न निकै बेर लगाए । अनि उनी तबेलाभितत्र पसे र साभ्रास्कालाई बाहिर ल्याए । त्यसपछि हातको बाहुलाले उसको थुतुनोको फींज पुछिदिए र लगाम कसिदिए। उनी एक छिन उभिएर ध्यान- पूर्वक सुन्न थाले । गाउँमा होहल्ला र खित्काको लहर गुन्जिरहेको थियौँ। दुई जना लुटेराहरू घोडामा चढेर आगननेरबाट जाँदै थिए। अँध्यारोमा उनीहरूले सल्काएको चुरोट मात्न टल्किरहेको देखिन्थ्यो। एउटाले अर्कोलाई भनिरहेको थियो-

“क्या मजाले तिनीहरूलाई बचत अन्नको स्वाद चखाइयो, यार ! . . अब परलोकमा बजियाहरूले थाहा पाउलान्‌ , अर्काको धनसारको अनाज जफत गरेको फल कस्तो हुँदो रहेछ भन्ने कुरा !

घोडाको टापको आवाज सुनिन छोडेपछि हजुरबाले केही निहुरेर मिशाको कानैमा खुसखुस गर्दै भने –

“ज्यादै बूढो भइयो…। घोडामा चढ्न सक्तिनँ अब !… म तँलाई घोडाको पीठमा चढाइदिउँला है, नाति ! तँ सरासर प्रोनिन गाउँमा जा ! बाटो म देखाइदिउँला.! .. हाम्रो गाउँबाट बैण्डबाजा बजाउँदै जाने -सैनिक टुकडी त्यहीं हुनु पर्छ ! .. उनीहरूलाई छिटै यहाँ आउनको निम्ति भन्नू, किनकि हाम्रो गाउँमा लुटेराहरू घुसेका छन्‌ ! बुझिस्‌ त, नाति ? ..”

मिशाले चुप्प लागेर टाउको हल्लायो । हजुरबाले उसलाई उचालेर घोडाको पिठ्युँमा चढाइदिए र उ घोडाबाट नखसोस भनेर उसको खुट्टा डोरीले काँठीमा बाँधिदिए। अनि खलोबाट पोखरी हुँदै लुटेराहरूको नाकाबन्दी पार गरेर साभ्रास्कालाई स्तपीमैदानसम्म डोर्याएर लगे ।

“उ हेर्‌ ! “- हजुरबाले भने। “त्यो खोंचबाट उकालो शुरू हुन्छ। सरासर खोँचैखोंच जा ! यताउति नलाग्‌ ! .. तँ गाउँमा पुग्ने छस्‌ ! लौ त जा, नाति ! ”

हजुरबाले मिशालाई म्वाइ खाए र साभ्रास्काको पिठ्युँमा बिस्तारै थपथपाए ।

जुनेली रात थियो , जताततै छर्लँग उज्यालो थियो । साभ्रास्का ढल्की चालले हिडिरहेको थियो र बेला बेलामा हिनहिनाउने गर्दँथ्यो । अनि पिठ्युँमा ज्यादै हलुका सवार भएको हुँदा सुस्त सुस्त पाइला सार्दँथ्यो। मिशा लगाम तान्दथ्यो, घोडाको गर्दनमा हातले थपथपाउँथ्यो र घोडा,घरी उफ्रन्थ्यो त घरी मन्द गतिले ढल्की ढल्की हिन्दथ्यो ।

पाक्नै आँटेको गहुँको खेतमा कतै हरिया र घना बोटहरूभित्र चराहरू रमाई रमाई चिबिंर चिबिंर गरिरहेका थिए। खोचको पींधमा पानीको मुहान कलकल गर्दै बगिरहेको थियो। शीतल हावा सर सर बहिरहेको थियो।

पटमैदानमा एक्लै हिंड्नु पर्दा मिशालाई डर लागिरहेको थियो । दुबै हातले साभ्रास्काको गर्दनमा अँगालो हालेको थियो उसले। उ घोडाको न्यानो जिउमा कुक्रुक परेर टाँसिएको थियो ।

केही उकालो शुरू भयो, अनि ओरालो आयो र फेरि उकालो चढ्नु पर्यो। मिशा फुसफ्‌साउँदै थियो, पछिल्तिर हेर्न उसलाई डर लाग्दथ्यो र कुनै कुराको विचार समेत नगर्ने प्रयास गर्दै थियो। उसले आँखा चिम्म गर्यो र उसका कानहरूमा पनि सन्नाटा बाहेक अरू केही थिएन ।

अकस्मात्‌ साभ्रास्काले टाउको हल्लायो, हिनहिन गर्यो र छिटो छिटो कदम चाल्यो। मिशाको आँखा खुल्यो। उसले तल डाँडोमुनि बत्तीहरू पिलपिल गर्दै चम्किरहेको, देख्यो । कतै निकै टाढा कुक्कुर भुकेको आवाज हावाले तानेर ल्यायो ।

एक छिनको लागि मिशाको हृदय आनन्दले न्यानो भएर आयो । साभ्रास्कालाई आफ्ना दुबै गोडाले दुईतिरबाट ठेल्दै ऊ करायो–।

“ हैट-हैट-हैट ! ..” साहित्य पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *