डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन पौडेल पक्षको माग (भिडियो सहित )


 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो ।

पत्रकारसँगको सक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्योयोचित ढंगले हुनुपर्ने बताउनुभयो ।नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताउनुभयो ।

उहाँले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी बिपरित् चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताउनुभयो । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको बताउनुभयो ।

उहाँले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *