जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l

जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य एक लाख ४ हजार रुपैया रहेको छ l उक्त सामान आबश्यक कारबाहिका लागि नेपालगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ l

