नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै


आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।

लिग २ को अंक तालिकामा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा ओमान विरुद्ध आइतबार खेल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *