पहिलो पटक भिडियो एक्स–रे सेवा सुरु दंगीशरण गाउँपालिकामा


दाङको दंगीशरण गाउँपालिका–६, बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले उक्त सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए ।

तुल्सीपुरदेखि पश्चिममा भिडियो एक्स–रे सेवा सुरु गर्ने दंगीशरण गाउँपालिका पहिलो भएको उनले दावी गरे ।

दाङको सुदूरपश्चिम क्षेत्रमा भिडियो एक्स–रे सेवा पुगेपछि दूर दराजका नागरिकलाई सहज रुपमा सेवा पाउने आशा गरिएको छ,’ उनले भने ।

अति विपन्न तथा विकट वस्तीका नागरिकलाई सहज, सरल र छिटो सेवा प्रदान गर्न भिडियो एक्स–रे सेवा संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

उनले भिडियो एक्स–रे सेवाका लागि तुल्सीपुर, घोराही जानु पर्ने बाध्यता अन्त्य भएको बताए । ‘लामो समयको प्रयास पछि प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा संचालनमा ल्याउन सफल भएका छौँ,’ उनले भने ।

लामो समयको प्रयास पछि प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा संचालनमा ल्याउन सफल भएका छौँ,’ उनले भने ।

स्वास्थ्य केन्द्रमा डा. कृष्ण घर्ती र डा. बुद्धिकुमारी बुढामगरले भिडियो एक्स–रे सेवा दिने भएका छन् । बाट लिन सकिनेछ ।

लामो समयपछि स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा ल्याउन सफल भएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दोर्ण ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *