अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित


अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै विद्यालय जान अनुमति दिइएको छ ।

कक्षा कोठामा जान बालिका र किशोरीका साथै महिला शिक्षिकालाई पनि बन्देज लगाइएको छ । विद्यालय जान नपाएपछि अफगानिस्तानका बालिका र शिक्षिकाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित छन् । तालिवान शासकले सन् १९६० मा जस्तै महिला अधिकारलाई दमन गर्ने हो कि भन्ने चिन्तामा अफगान महिलाहरु रहेका छन् ।

तालिवानहरुले महिलालाई इस्लामिक धार्मिक कानुन अनुसार अध्ययन र काम गर्न दिने जनाएका छन् । हाल भने अफगानिस्तानमा कामकाजी महिलालाई सुरक्षा अवस्था राम्रो नभएको भन्दै घर बस्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *