लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ


हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *