नेकपा एमाले बाँकेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केपि ओली


नेकपा एमाले बाँकेले आज जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई एमाले अध्यक्ष केपीशर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

एमाले विभाजनपछि अध्यक्ष ओली पहिलो पटक बाँके आउन लाग्नुभएको हो । दिउँसो एक बजे होटल सिद्धार्थमा आयोजना गरिएको भेलामा एमालेले जिल्लाका अधिकांश कार्यकर्तालाई बोलाएको छ ।

कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष गुरुङले बताउनुभयो । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्नु अघि अध्यक्ष ओलीले बर्दियामा आयोजना गरिएको भेलालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *