त्रिभुवनचोकको ज्यानमारा सडक अझै भएन मर्मत


नेपालगन्जको त्रिभुवन चोकमा भत्काइएको बाटो मर्मत हुन सकेको छैन । हाइमास्ट लगाउने क्रममा पक्की बाटो भत्काइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता र वडा नम्बर ११ का अध्यक्ष उज्ज्वल सिंह राठौरका कारण त्रिभुवन चोकमा एडिबीले बनाएको बाटो तोडफोड गरिएको थियो ।

हाइमास्ट लगाएको करिब ८ महिना भइसके पनि बाटो बनाउन तिर ध्यान पुगेको छैन । जस्का कारण दुर्घटना हुने जोखिम बढेको छ ।

बाटो भत्काइसके पछि निर्माण गर्नु पर्दैन स्थानीयहरु आक्रोशित हुदै भनेका छन । उनीहरुले ज्यानमारा सडक तत्काल मर्मत गर्ने माग गरेका छन ।

हाइमास्टका नाममा भत्काइएका सडक तत्काल बनाउन नगरबासीको माग छ । बजारको मुख्य चोककै सडक जिर्ण पारिएको भन्दै नगरबासी रुष्ट भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *