नेपालगन्ज : ५ औं नयनराज स्मृति पुरस्कार यस बर्ष नेपालगन्ज भेरी अस्पताल परिसरमा रहेको अंजनी माता रसोईलाई प्रदान गरिएको छ ।
कोरोना संक्रमणको समयमा अस्पतालमा बिरामी कुरुवा देखि बिपन्न बर्गलाई १० रुपैयाँमा खाना खुवाउदै आएको अंजनी माता रसोईलाई यस बर्षको नयन राज रावल स्मृति पुरस्कारबाट सम्मान गरिएको हो ।
दमयन्ती फाउन्डेसनले भेरी अस्पताल परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि १० हजार एक रुपैयाँ नगद राशी सहित अंजनी माता रसोईलाई पुरस्कार प्रदान गरेको छ ।
दमयन्ती फाउन्डेसनका अध्यक्ष इन्द्रा कुमारी जिसी र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा अंजनी माता रसोईका संयोजक जितेन्द्र सिंह ठाकुरलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका मेसु प्रकाश थापा, सामुदायिक प्रहरी सेवाका दिपेन्द्र कुमार जोशी, चेन्ज टिम बाँकेका अध्यक्ष प्रविण बिसी, डाक्टर संकेत रिसाल, नव किरण पुनःस्थापना केन्द्रका अध्यक्ष उत्तम खरेल, प्रेरणा पुनस्थापना केन्द्रका का.प्रमुख रमेश काजी महर्जन, सामना पुनःस्थापना केन्द्रका आगमन सिंह ठकुरी लगायतको सहभागीता रहेको थियो ।
दमयन्ती फाउन्डेसनले आयोजना गरेको स्वर्गीय नयनराज रावल स्मृति सम्मान तथा पुरस्कार वितरण कार्यक्रम स्वर्गीय नयनराजले गरेका कार्यको प्रशंसा गर्दै उहाले देखाएको बाटोमा अबको पुस्ताले कार्य गर्नुपर्ने धारणा समेत राखेका थिए ।
५ औं स्वर्गीय नयनराज रावल स्मृति दिवसमा नेपालगन्ज रक्त संचारमा रक्तदान कार्यक्रम पनि गरिएको छ ।

