सम्वाददाता : डम्बर केसि
राप्ती सोनारी गाउपालिका वडा न. ८ सम्शेरगन्जमा संचालन भैरहेको राप्तिसोनारी वडा स्तरीय फुटबल प्रतियोगितामा आजको उद्घाटन खेलमा ८ न. वडा ढकेरीले ३ न. वडा नवलपुरलाई पराजित गरेको छ।

सम्शेरगन्जको पेरानी फिल्डमा भएको प्रथम खेलमा नवलपुरलाई ढकेरीले हराएको छ। ढकेरीका लागि हरिले गोल हानेका थिए। त्यस्तै नवलपुरका निरजले गोल हानेका थिए।

खेल बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियोे । पेनाल्टीमा ढकेरीले ३: १ ले जित हासिल गरेको थियो। अब भोलिको खेल आयोजक र रोयल ओभरी बिच हुने आयोजकका क्याप्टेन विशाल पुनले जानकारी दिनुभयो।

अब खेल घमासान हुने छ। किन भने आयोजक राप्ती सोनारी टाइगर स्पोर्ट्स क्लब र रोयल ओभरी चीर परचित टोलि हो उनीहरु बिच जहिले पनि घमासान खेल हुने गर्द्छ। अब राप्ती सोनारी गाउँ बासीले यो खेल कुरीराको राप्ती सोनारी टाइगर स्पोर्ट्स क्लबका कोष अध्यक्ष योगेश खड्का ले बताउनुभयो ।


