जर्मनीमा मर्केलको पार्टी पराजित


जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ । निवर्तमान चान्सलर अंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मत अन्तरले पराजित भएको हो ।यससँगै एसपीडीका उम्मेदवार ओलाफ स्कोल्ज नयाँ चान्सलर बन्ने सम्भावना बलियो देखिएको छ ।

‘नयाँ जनादेशले हामीलाई जर्मनीका लागि एक राम्रो र व्यवहारिक सरकार गठन गर्न बाटो खोलिदिएको छ,’ ओलाफले भनेका छन् तर युनियन गठबन्धनले संघीय प्रतिस्पर्धामा खराब मत पाए पनि नयाँ सरकार गठनका लागि साना दलहरुसँग संवाद गर्ने जनाएको छ । नयाँ सरकार गठन नहुँदासम्म नै कामचलाउ भूमिकामा रहनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *