ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो


 ट्राफिक प्रहरीले चोरीका२१ मोटरसाइकल धनीलाई बुझायोमहानगरीय ट्राफिक प्रहरीमहाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाईबुझाएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमआयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटामोटरसाइकल र स्कूटर सवारी धनिलाई जिम्मा लगाएको हो ।

हराएका मोटरसाइकल सवारीधनीलाईजिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु शतर्क रहनुपर्नेबताउनुभयो ।

उहाँले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेकोभन्दै अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिनेभनेर सोच्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागियोजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहार्‍याउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *