स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध


जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गर्नु भएको हो ।

२ दिन अघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु भएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नु भयो, ‘नेपाल सरकारको निर्णय बमोजिम अन्तराष्ट्रिय सीमा नाका खोली सकेको अवस्था छ । सिमा नाका खुलेपछि यात्रुहरुको आवातजावत बढेको अवस्था छ । र रुपन्देही जिल्लामा कोरोना जोखिमको अवस्था अहिले पनि कायमै रहेको अवस्था छ ।

दैनिक २५ देखि ४० जना संक्रमितहरुको संख्या बढि रहेको छ भने सोही अनुपातमा निको हुनेहरुको संख्या पनि रहेको छ । यो जोखिमलाई काम गर्नका लागि हामीले सीमा नाकाहरुमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौं । र सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *