जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय (भिडियो सहित )


जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराउनु भएको हो ।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहनु भएका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराउनु भएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनु भयो । त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *