राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
नयाँ गठित मन्त्रिपरिषद्मा बाँकेका गजेन्द्र बहादुर हमाललाई मन्त्री बनाइएको छ ।
काँग्रेसका पुराना नेता हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ ।
त्यस्तै बाँकेबाट नै नेकपा माओवादी केन्द्रका महेश्वर गहतराजलाई युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ ।
बाँकेका पुराना कांग्रेसका नेता हमाल कांग्रेस अध्यक्ष शेरबहादुर देउवा निकटका नेता हुन् ।
