गण्डकी प्रदेश : माओवादी र कांग्रेस दुवैको दावीले मुख्यमन्त्री नियुक्तिमा सकस


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुवैले दावी गरेपछि सहमति हुन नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ।

मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आज (आइतबार) मुख्यमन्त्रीमा कसैको पनि दावी पेश हुन सकेन। प्रदेश प्रमुखको कार्यालय साँझसम्म दावी कुरेर बसे पनि कोही नआएपछि सोमबार दावी पेश हुने अपेक्षामा छ।

एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको चाहना पूरा हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उनी अहिले कामचलाउ मुख्यमन्त्री बनेका छन्।

गण्डकी प्रदेशमा आइतबार नै नयाँ मुख्यमन्त्री नियुक्त हुने अपेक्षा गरिएको थियो तर माओवादी र कांग्रेस दुवैले दावी नछोड्दा आज नयाँ मुख्यमन्त्री चयन हुन नसकेको हो।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सत्ता गठबन्धनका दलहरुबीचको सहमतिअनुसार नै आज नयाँ सरकार गठन हुने दावी गरेका थिए। गण्डकीमा कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *