पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ शम्शेरगञ्जमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाईते भएकी छिन् ।
काठमाडौंबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ७४४८ नम्बरको बसले सोमबार दिउँसो दुबै महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई मेडिकल कलेज कोहलपुर पु¥याइएपनि एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गम्भीर घाइते हुनेमा वडा नम्बर ८ शम्शेरगञ्जकी ३६ वर्षीया गिताको पनि उपचार को क्रममा मृत्यु भएको छ।
उनीहरुलाई परुवा खोलाको पुलमा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ठक्कर दिने बस चालक र बसलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
अहिले पूर्व पश्चिम राजमार्ग स्थानीयले बन्द गरेका छन । स्थानीयले सहमति नभएको भन्दै बन्द गरे लगत्तै प्रहरी र स्थानीय बिच झडप भएको थियो स्थानीयले बन्द गरिरहेको समयमा प्रहरीले रोक्न खोज्दा प्रहरी माथी डुङ्गा मुढा हानेका थिए । दोहोरो झडपमा
धेरै घाइते भएका अनुमान गरिएको छ।

