नेपालमा एकैदिन ४६ सय ३६ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?


काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । गएको सातादेखि दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ । 
 
सरकारले पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ परिक्षण गर्दा मुलुकभर थप ४६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ४  (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख १ हजार ४१ पुगेको छ।  
 
साथै पछिल्लो २४ घण्टामा ३ सय ५० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख १६ हजार ३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित २१ हजार ५ सय ८४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *