काठमाडाैं । नेकपा एमालेकी नेतृ गंगा चाैधरीले बाढी पहिराे पीडितलाई सरकारले बेवास्ता गरेकाे भनी आक्राेश व्यक्त गरेकी छन् । चाैधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच दलीय गठबन्धनकाे सरकार कान नसुन्ने र आँखा नदेख्ने भएकाे टिप्पणीसमेत गरेकी छन् ।
उनले जति सक्दाे छिटाे बाढी पहिराे पीडितहरुलाई क्षतिपूर्ति र राहतकाे व्यवस्था सरकारले गर्नुपर्ने पनि बताएकी छन् ।
उनले भनेकी छन् ‘पाँचदलीय गठबन्धनको सरकार कहाँ छ ? मैनबत्ती बालेर खोज्नु पर्ने हो ? किसान रोइरहेका छन् तर सरकार चिर निन्द्रामा मस्त छ । कस्तो निर्दयी परमादेशबाट बनेको सरकार ? कि किसानहरुकाे चित्कार सुन्न पनि परमादेशको पर्खाइमा हो ? यो कान नसुन्ने आँखा नदेख्ने सरकार । यथाशीघ्र क्षतिपूर्तिसहित रहतको व्यवस्था पहिरो र बाढी पीडितहरुको गरोस अनुरोध गर्न चाहन्छु ।’
