अवैध भन्सार छलीको सामान बरामद


बाँके प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्ने क्रम जारी राखेको छ ।

प्रहरीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको लत्ताकपडा, चिनी र हाडवयरका विभिन्न सामान नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुर गाउँबाट बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले गोप्य सूचनाको आधारमा ३ लाख रुपैया मुल्य बराबरको भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *