काठमाडौँ। अब फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको राखेको छ । बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन् ।
कम्पनीलाई नयाँ नाम दिइए पनि यसअघिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्। कम्पनीअन्तर्गत फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत सञ्चालनमा छन्। फेसबुकले एउटा मात्रै सञ्जालको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले बताए।
