नेपालगन्ज : बाँके प्रहरीले बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले खजृुरा गाउँपालिका–३ मनकामनाका २३ वर्षका सुमन विश्वकर्मालाई पक्राउ गरेको हो ।
विश्वकर्मालाई २०७६ मंसिर ३ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ५ महिना ६ दिन कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार थिए ।
आज पक्राउ गरिएको उनलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
