कृष्ण र दुर्गा अभिनित “चुनरी रे चुनरी” रिलिज


नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ। त्यसो त, बाँकेमा निकै आकर्षक पर्यटकीय क्षेत्र भएकोले पनि होला म्युजिक भिडियो छायांकनका लागि बाँके प्रमुख रोजाइमा पर्ने गरेको छ।

यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। थारु भाषामा आधारित “चुनरी रे चुनरी” बोलको म्युजिक भिडियो सोमबार रिलिज गरिएको छ। मंगलबार नेपालगन्जको एक होटेलमा प्रेसमिटको आयोजना गर्दै निर्माण टिमले कलाकार एवम् पत्रकारहरुको उपस्थितिमा म्युजिक भिडियो रिलिज गरिएको हो।

भिडियोमा समावेश गीतमा गायक उमेश मुस्कान र गायिका अन्नु चौधरीको सुमधुर आवाज रहेको छ। गीतमा उमेश मुस्कानकै शब्द अनि संगीत रहेको छ।

डान्सिङ प्याटर्नमा आधारित रहेको गीत निकै मेलोडियस सुनिन्छ। गीत थारु भाषामा आधारित भएतापनि सबै भेगका संगीतप्रेमीले यो गीतलाई रुचाउनेछन। गीतमा उमेश र अन्नुको गायिकी निकै उत्कृष्ट सुनिएको छ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा पत्रकार तथा मोडल कृष्णराज अधिकारीलाई देख्न सकिन्छ। कृष्णसंगै भिडियोमा दुर्गा राना मगर पनि भिडियोमा फिचर्ड छिन् । दुबै बाँकेका कलाकार हुन् । कृष्ण र दुर्गाको जोडी भिडियोमा गजब देखिएको छ।

कृष्णका लागि थारु भाषाको यो म्युजिक भिडियो पहिलो हो। उनले यसै म्युजिक भिडियोबाट थारु म्युजिक भिडियोमा डेव्यु समेत गरेका छन् । उनले यस् भन्दा अघि चलचित्र एवम् दर्जनबढी नेपाली म्युजिक भिडियो गरिसकेका छन् । त्यसो त, दुर्गाको पनि यो तेस्रो म्युजिक भिडियो हो।

बाँकेको गाभर भ्याली, नेपालगन्ज लगायतका स्थानलाई भिडियोमा देखाइएको छ। बाँकेका पर्यटकीय स्थललाई गीत संगीतको माध्यमबाट प्रचारप्रसारमा टेवा पुगोस् भन्ने मनसायले बाँकेमै भिडियो खिचिएको निर्माण टिमले जनाएको छ।

भिडियोलाई नवराज सुवेदीले निर्देशन गरेका हुन् । उनको निर्देशकिय पाटो पनि भिडियो अब्बल देखिएको छ। रामु चौधरीले भिडियोलाई आकर्षक फ्रेममा खिच्ने र सम्पादन गर्ने काम गरेका छन् । भिडियो आरकेसी डिजिटल युट्युबबाट रिलिज गरिएको हो। भिडियो..

Leave a Reply

Your email address will not be published. Required fields are marked *