सल्यान बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो, ४ जनालाई काठमाडौँ ल्याइयो


काठमाडौँ ।  सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस्तै २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी गोविन्द थापाकाअनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जन महिला छन् ।

घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको डीएसपी थापाले मकालुखबरलाई जानकारी दिए  । उनीहरूको सनाखत हुन भने बाँकी छ । ‘घाइते  २६ जना मध्ये १५ जनाको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ भने थप उपचारका लागि ७ जनालाई नेपालगञ्ज र ४ जनालाई  काठमाडौँ पठाइएको छ’ उनले भने ।

स्थिति गम्भीर रहेको चिकित्सकले बताएपछि उनीहरूलाई काठमाडौँ पठाइएको पनि डीएसपी थापाले बताए । सल्यान सदरमुकाम खलङ्गाबाट दाङका लागि छुटेको रा १ ख २५५२ नं.को बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटना भएको हो

प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *