नेपालगनज : लागु औषधसहित एक युवक बाँके प्रहरीद्वारा पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको शैलेशिखर नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षिय नरेन्द्र विष्ट रहेको प्रहरीले जनाएको छ।
उनलाई ३ सय नाइट्रोभेट ट्याबलेट सहित बाँकेको जमुनाह नाका नजिकैको गाउँबाट मंगलबार पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका उनीमाथि हाल थप आवश्यक अनुसन्धान भैइरहेको पनि प्रहरीले जनाएको छ।
