सभामुख र अर्थमन्त्रीले गरे बाह्रविसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्डको अवलोकन गरेका छन् । अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरूले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी समेत लिएका छन् ।

अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापार सम्बन्धी छलफलमा सहभागी भएका थिए । छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाका सम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रूपमा लैजानु पर्ने आवश्यकता औँल्याए ।

उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्त्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *