लागऔषधसहित कञ्चनपुरमा एक युवक पक्राउ


कञ्चनपुर- कञ्चनपुरमा लागऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान इलाका प्रहरी कार्यालय बेलडाडीको टोलीले बेलडाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो।

म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *