बाँके कांग्रेसको कार्यालयमा गरियो तालाबन्दी


नेपालगन्ज : बाँके कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। क्रियाशील सदस्यतामा चरम बदमासी गरेको पाइएपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ।

बुधबार बेलुका असन्तुष्ट पक्षले निर्वाचनको मुखमा आएर बदमासी गरिएको भन्दै एक विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।

पार्टीको वेबसाइटमा प्रकाशित अन्तिम नामावली बाहेकका २३९ जनाको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई पठाउन थालेको लिस्ट बाहिरिएपछि निर्वाचन कार्यक्रम रोक्न माग गर्दै तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस विज्ञप्ति ..  

Leave a Reply

Your email address will not be published. Required fields are marked *