नेपालगन्ज : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपालगन्जमा आयोजित “वृहत् पार्टी प्रवेश” कार्यक्रमको सम्बोधन गर्नुभएको छ।
नेपालगन्जको मेरो प्लानेटमा आयोजित कार्यक्रममा बोल्दै नेपाली जनताहरुलाई एमालेमा आउन आग्रह गर्नुभएको छ। “कांग्रेसमा भएका युवाहरू के हेरेर बस्नुभएको छ?”, उहाँले भन्नुभयो, “सबैजना एमालेमा प्रवेश गर्नुस् । हामी सबै मिलेर अगाडि बढौं र देश बनाउँ।”
साथै बाँके जिल्ला एमालेको किल्ला भएको पनि ओलीले जिकिर गर्नुभयो। बाँके जिल्लाईअ एमालेमय बनाउन पनि आफ्ना कार्यकर्तालाई ओलीको आग्रह थियो।
