पेट्रोल र डिजेलको भाउ घट्यो


नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *