नेकपा एमाले प्रति जनलहर, लालकिल्ला बन्याे राजपुर-७ दाङ


नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेपाली कांग्रेस र नेकपा माअाेवादी(केन्द्र) परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै जनपरिचालनकाे काममा खट्न निर्देशन दिनु भएको छ । एमालेले गरेकाे विकास निर्माणकाे काम र देश विकासकाे पक्षमा गरेकाे याेग्दानका कारण पार्टी प्रति देशैभर अाकर्षण बढेकाे बताउनु भएको छ ।

राजपुर गाउँपालिका कमिटीले राजपुर-७ गाेठ्वामा अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा गरिव दुखिकाे पक्षमा काम गर्ने एमाले मात्रै रहेकाे स्पष्ट पार्नु भयाे ।

नेपाली कांग्रेस बाट १४ जना र नेकपा माअाेवादी(केन्द्र) बाट ७ जना एमालेमा प्रवेश गर्नु भएको छ । राजपुर गाउँपालिका कमिटी अध्यक्ष हेमकुमार जिसिकाे अध्यक्षता तथा नेकपा एमालेका नेता, माननीय सांसद रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यता, जिल्ला सचिब मनोहर बुढाथोकी, प्रदेश संगठन कमिटीका सदस्य नरेन्द्र ओलि, ध्रुब अाचार्य, श्याम झाक्रि, गजेन्द्र बुढा, नवीन अाेली लगायतले सम्बाेधन गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *